१४ बैशाख २०८१, शुक्रबार 1714118857
खेलकुद

एन्फा मानार्थ अध्यक्ष श्रेष्ठ, कार्यवाहक प्रशिक्षकमा हुमागाईं

अखिल नेपाल फुटबल संघ (एन्फा) को मानार्थ अध्यक्षमा नरेन्द्र श्रेष्ठ नियुक्त हुनुभएको छ । बिहिबार बसेको एन्फा बैठकले आगामी साधारणसभामा प्रस्ताव सहित अनुमोदन गर्ने गरी श्रेष्ठलाई मनार्थ अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । 

श्रेष्ठ एन्फाका पूर्व अध्यक्ष हुनुहुन्छ । बैठकले नेपाल र बंगलादेश पुरुष टोलीबीच असोज ११ गते मैत्रीपूर्ण फुटबल खेल्ने निर्णय गरेको छ । उक्त खेलका लागि प्रदीप हुमागाईंलाई कार्यवाहक प्रशिक्षकमा नियुक्त गर्ने निर्णय पनि गरेको छ । 

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी बिदामा रहेकोले प्रदीपलाई प्रशिक्षक बनाउने निर्णय गरिएको बताईएको छ । बैठकले प्रशिक्षक अलमुताईरीको विषयमा निर्णय गर्ने जिम्मा एन्फा महासचिव किरण राईलाई दिएको छ । बैठकले सदस्य सुरेश शाहलाई प्रवक्तामा र किशोर राईलाई साधारणसभाबाट अनुमोदन गर्नेगरी वरिष्ठ मानार्थ उपाध्यक्षमा नियुक्त गरेको छ ।