१४ बैशाख २०८१, शुक्रबार 1714121333
Banner

चुनावी रणनीतिबारे छलफल गर्न एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौ- नेकपा एमालेले संघीय र प्रदेशसभा निर्वाचनको प्रारम्भिक तयारीको छलफल गर्न आज केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार दिउसो १२ बजे केन्द्रीय कार्यलय च्यासलमा बैठक बस्नेछ । बैठकले निर्वाचनको भावी रणनीतिका लागि स्थायी कमिटी,पोलिटव्यूरो र केन्द्रीय कमिटीको बैठकको मिति तय गर्नेछ ।

एमालेले भदौको दोस्रो सातामा केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको जनाएको छ ।