१५ बैशाख २०८१, शनिबार 1714214606
Banner

टहरा भत्काउन पुगेका बालेन सहमति गरेर फर्किए

काठमाडौं । काठमाडौं महानगरपालिकाले नर्भिक इन्टरनेसनल अस्पतालका टहरा तत्काल नभत्काउने भएको छ । सोमबार दिएको २४ घण्टे अल्टिमेटम सकिनै लाग्दा नर्भिक अस्पताल पुगेका मेयर साहले अस्पताल व्यवस्थापनलाई संरचना स्थानान्तरणका लागि आवश्यक समय दिने भन्दै फर्किएका हुन्।

इन्जिनियरहरूले त्यहाँ भएका सामग्री अन्यत्र जडान गर्न र सार्न लाग्ने समयबारे प्रतिवेदन बुझाउने र सोही आधारमा अर्को कदम चालिने सहमति भएको छ ।

महानगरअन्तर्गतको सहरी व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै अस्पतालले लिजमा लिएको जग्गाको पश्चिमतर्फ निर्माण गरेका संरचना खाली गर्नका लागि २४ घण्टाको ‘अल्टिमेटम’ दिएको थियो ।

‘तपाईंहरुले मन्त्रिपरिषद्बाट स्वीकृती लिएर नक्सा पास गरी संरचना बनाउनुभयो भने हाम्रो टाउको दुखाइ हुँदैन’, मेयर साहले भने, ‘होइन भने कति समय आवश्यक हुन्छ प्राविधिकसँग बसेर यो स्थानान्तरणका लागि समय पाउनुहुन्छ।’

नर्भिकले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको महानगरको भनाइ छ।