१४ बैशाख २०८१, शुक्रबार 1714113314
Banner

सरकारसँग ५ बुँदे सहमतिपछि अनशन तोडेकी निहारिका बच्चासहित प्रहरी नियन्त्रणा

काठमाडौं । न्याय नपाएको भन्दै कुमारी आमा भनेर चिनिएकी निहारिका राजपुतलाई प्रहरीले सिंहदरबार दक्षिण गेटबाट नियन्त्रणमा लिएको छ । आफूले न्याय नपाएको भन्दै अनशन बस्नका लागी सिंहदरबार दक्षिण गेट पुगेकी  निहारिकालाई पुग्ने वित्तिकै प्रहरीले नियन्त्रणमा लिएको हो ।

अहिले राजपुतलाई सिंहदरबार वृत्त अनामनगर लगिएको छ । सिंहदरबार वृत्त अनामनगर लगिएकी राजपुतलाई प्रहरीले सिंहदरबार अगाडि र माइतीघरमा अनशन बस्न नपाउँदै भन्दै वसन्तपुर पुर्याएको छ । राजपुतले भने आफू सिंहदबार दक्षिण गेट अगाडि नै अनशन बस्ने बताएकी छन् । 

यसअघि सरकारसँग भएको ५ बुँदे सहमतिपछि उनले अनशन तोडेकी थिइन्। तर उक्त सहमति पालना नगरेपछि उनी फेरि अनशनका लागि सडकमा आएकी हुन् ।