१३ बैशाख २०८१, बिहीबार 1714073102
Banner

देउवाको गन्तव्य मेडम साहेव, प्रचण्डको सुपुत्री, माधव गन्तव्यहीन : अध्यक्ष ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले अहिलेको पाँचदलीय गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य नभएको बताउनुभएकाे छ । सबैको व्यक्तिगत स्वार्थ मात्र रहेको बताउनुहुँदै उहाँले शीर्ष नेताहरूप्रति कटाक्ष गर्नुभएकाे हाे । 

शुक्रबार एमालेको कार्यशाला गोष्ठीमा अध्यक्ष ओलीले प्रमुख नेताहरूप्रति कडा आलोचना गर्नुभयाे । उहाँले  पाँच वर्ष यो गठबन्धनले सरकार चलाउने भए देश ध्वस्त हुने बताउनुभयाे ।  ‘अहिलेका नेताको कुनै गन्तव्य छैन । मोहनविक्रम सिंहको गन्तव्य प्युठान । शेरबहादुरको गन्तव्य म्याडम साहेव,प्रचण्डको गन्तव्य सुपुत्री,माधव नेपालको त के कुरा गरौं । उनको जिन्दगी छटपटीमै बित्छ । करबटे बदल्ते रहे सारे रात हम जस्तो छ । गन्तव्य केही पनि छैन,’ अध्यक्षा ओलीले भन्नुभयाे ।

उहाँले इतिहासमै अहिले जस्तो राज्यसंयन्त्रको दुरुपयोग कहिले नभएको बताउनुभयाे । कानुन नभएको शासन जस्तो अहिलेको सरकार रहेको उहाँले बताउनुभयाे । ‘राज्यसत्ताको यो भन्दा नग्न दुरुपयोग कहिले भएको थिएन । महान्यायाधिवक्ताको कामै मान्छे मार्नेको जाहेरी नलिन दबाब दिने गरेका छन् । कति सारो खेलवाड ?’  अध्यक्ष ओलीले भन्नुभयाे ।