१५ बैशाख २०८१, शनिबार 1714204267
समाचार

पौडी खेल्दा डुबेर बालकको मृत्यु

कपिलवस्तुमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । शिवराज नगरपालिका–११ कञ्चनियाको धोबिघाटस्थित सडवा बस्ने करन मौर्याको छोरा १४ वर्षीय आकाशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका आकाश डुबेको स्थानदेखि अन्दाजी तीन किलोमिटर दक्षिण सिरिन्डिहवा गाउँ नजिकै उनको शव फेला परेको छ ।

शुक्रबार प्रहरी टोली, परिवार र स्थानीयले खोजतलास गर्दै जाने क्रममा नदीको बीच भागमा बालुवा थुप्रेको ठाउँमा शव फेला परेको प्रहरीले जनाएको छ ।