१४ बैशाख २०८१, शुक्रबार 1714150733
Banner

माधव नेपाल समूहसँग कुनै तालमेल हुँदैन : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समुहसँग पार्टी एकता र तालमेल नहुने बताउनुभएको छ । स्थानीय तह निर्वाचन तयारीबारे प्रशिक्षण उद्घाटन कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले त्यस्तो बताउनुभएको हो ।

‘आफ्नो सरकार ढालेर पार्टी फुटाएर जानेहरुलाई एमालेमा नो इन्ट्री,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यसैले सबै स्पष्ट भए हुन्छ । उनीहरुसँग न त चुनावी गठबन्धन न त एकता हुन्छ । त्यतातिर हामी लाग्दैनौं ।’

अध्यक्ष ओलीले एमाले एक्लै चुनाव लड्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘हामीलाई जनताप्रति विश्वास छ । जनताले एमालेलाई विश्वास गर्दछन् । त्यसैले हामी कसैको साहारा लिएर चुनावमा जादैनौं ।’