२६ बैशाख २०८१, बुधबार 1715196536
Banner

ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टियो

काठमाडौं । ललितपुरको ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टिएको छ । बुधबार बिहान बीएण्डबी अस्पताल नजिकै बस ट्याक्सीमाथि पल्टिएको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ ।

प्रहरीका अनुसार बा ३ ख ४४४० नम्बरको बस बा २ ज ६०१ नम्बरको ट्याक्सीमाथि पल्टिएको थियो । घटनामा ट्याक्सी चालक सञ्जोग घिसिङ घाइते हुनुभएको छ । यसवारे थप विवरण केही बेरमा आउने बताईएको छ ।