१५ बैशाख २०८१, शनिबार 1714199148
समाचार

जङ्गली विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँच जना बालबालिका बिरामी

बैतडी । जङ्गली विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँच जना बालबालिका बिरामी परेका छन् । 

मेलौली नगरपालिका–५ खलीगाडमा एकै परिवारका ५ जना बालबालिका बिरामी परेका हुन् ।

बिरामी पर्नेमा सुनिता जोशी, सविता जोशी, किरन जोशी, सोनिया जोशी र दिव्या जोशी छन् । सबै १० वर्ष मुनी उमेर समूहका रहेका छन् ।

च्याउ खाएर बिरामी परेका सबै ५ जनालाई केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिनुभयो  । उहाँका अनुसार मङ्गलवार बिहान जङ्गलबाट टिपेर ल्याएको च्याउको तरकारी खाएपछि उनीहरु बिरामी परेका थिए । 

च्याउ खाएको केही बेरपछि उनीहरूले बान्ता गर्न थालेपछि नै उनीहरूलाई स्वास्थ्य केन्द्र लगिएको थियो ।