१७ बैशाख २०८१, सोमबार 1714407064
Banner

एम अधिकारी को हो भन्नेलाई एमाले अध्यक्ष ओलीको जवाफ (भिडियो)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका विभिन्न निकायमा नेपाली कांग्रेसका समर्थक रहेको भन्दै खोटाङको एम अधिकारीबारे धेरै खोजी नगर्न आग्रह गर्नुभएको छ ।

एमालेले आफ्नो अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भन्ने व्यक्ति गभर्नर महाप्रसाद अधिकारी होइन भने पनि कांग्रेसले खोजिरहेको उहाँको भनाइ थियो ।
एमालेको नीति तथा अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो, नेकपा एमालेले भनिरहेको छ, खोटाङको एम अधिकारी कि के जाति खोज्या खोज्यै छ कांग्रेस, सबैतिर कांग्रेस छन् नि, न्यायालयमा कांग्रेस छन् । केन्द्रीय विभागका प्रमुख श्रीमान न्यायाधीश छन् कि छैनन् ? राजीनामा दिएको छ कहिले पनि सुनिएन नि त ?’

रिटायर्ड भएका मान्छेलाई फकाई फकाई ल्याएर विभिन्न ठाउँमा भएका मान्छे ल्याएर राख्ने काम काँग्रेसले गरिरहेको उहाँको तर्क थियो ।