२३ बैशाख २०८१, आईतवार 1714936741
समाचार

दाजुको कुटाईबाट भाईको मृत्यु

काठमाडौं । स्याङ्जाको भीरकोटमा सामान्य बिबादका बिच हानहान हुँदा एकजनाको मृत्यु भएको छ । गए राती भीरकोट नगरपालिका वडा नम्वर ३ रिजुका ४५ बर्षीय श्यामबहादुर रोकाको ज्यान गएको हो । खाना खाने क्रममा बिबाद हुँदा दाजु पर्ने ५० बर्षीय यामबहादुर रोकाको कुटाईबाट श्यामको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रबिन्द्र खनालले जानकारी दिनुभयो । 

घाईते श्याम बहादुरको उपचारका क्रममा कालिका सामुदायिक अस्पतालमा उपचारका क्रममा राती नै ज्यान गएको प्रहरीले जनाएको छ ।