५ जेष्ठ २०८१, शनिबार 1716095646
Banner

तत्कालीन नेकपाका पाँच शीर्ष नेताबीच सिंहदरबारमा छलफल

काठमाडौं – विघटित नेपाल कम्युनिष्ट पार्टीको तत्कालीन सचिवालयका पाँच सदस्य छलफलमा जुटेका छन् । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दल कार्यालयमा नेताहरु छलफल जुटेका हुन् ।

बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीका नारायणकाजी श्रेष्ठ, हालै नयाँ पार्टी गठन गरेका वामदेव गौतम र नेकपा एसका झलनाथ खनाल बैठकमा सहभागी छन् । संघीय चुनाव नजिकिँदै जाँदा नेपाली काँग्रेससँग कसरी छलफल अगाडि चलाउने भन्ने बिषयमा नेताहरु जुटेका हुन् ।