११ बैशाख २०८१, मंगलवार 1713919987
Banner

नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनले क्षतिपुर्ती दिनुपर्ने बालेनको माग

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनमा प्रशारण भएको समाचार तथ्यहिन र भ्रामक भएको भन्दै प्रेस काउन्सीलमा उजुरी दिएका छन् ।

नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनका पत्रकारले भ्रामक र तथ्यहिन समाचार प्रशारण गरेको भन्दै उनले क्षतिपुर्ति सहितको कारबाहीको माग गरेका हुन । प्रेस काउन्सीमा बुझाएको पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गदै प्रेस काउन्सिलमा उजुरी दर्ता गराएको बताएका हुन ।