२२ बैशाख २०८१, शनिबार 1714870024
प्रदेश

आगामी निर्वाचनसम्म गठबन्धन : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आगामी सङ्घ र प्रदेशको निर्वाचनसम्म पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने अध्यक्ष उपेन्द्र यादवले बताउनु भएको छ । वीरगञ्जमा बसेको केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जसपाका केन्द्रीय अध्यक्ष यादवले निर्वाचनसम्म गठबन्धनले निरन्तरता पाउने बताउनु भएको हो ।

शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले पार्टीको विधान, नीति र अनुशासनविरुद्ध गतिविधि गरेकाले बाबुरामलाई सङ्घीय परिषद् अध्यक्षका साथै पार्टीका सम्पूर्ण पद तथा जिम्मेवारीबाट मुक्त गरिएको यादवले बताउनु भयो । अब आगामी दिनमा पनि उहाँको गतिविधि यस्तै रह्यो भने उहाँविरुद्ध पार्टीले अझ कठोर निर्णय लिनेछ तर यदि सच्चिएर आउनु हुन्छ भने चाहिँ पार्टीको ढोका खुला नै छ । अध्यक्ष यादवले भन्नुभयो ।

बैठकले पार्टीको सङ्घीय परिषद् अध्यक्षमा वरिष्ठ नेता अशोक राईलाई सर्वसम्मत चयन गरिएको अध्यक्ष यादवले बताउनु भयोे । संसद्मा पेश भएको नागरिकता संशोधन विधेयक फास्ट ट्रयाकबाट छिट्टै पारित हुने उहाँले बताउनु भयो । अहिले संसद्मा पेश भएको नागरिकतासम्बन्धी विधेयकमा कुनै पनि प्रकारका ९वंशज, अङ्गीकृत वा जन्मसिद्ध० नागरिकता पाएकाहरूको सन्तानले वंशजको नागरिकता पाउने प्रावधान समावेश गरिएको दाबी गर्नुभयो ।

पत्रकार सम्मेलनमा जसपाका सङ्घीय परिषद् अध्यक्ष अशोक राईले जसपाको वीरगञ्ज बैठकले पार्टी विभाजन गर्न खोज्नेलाई एउटा किनारामा छाडेर पार्टी मूल प्रवाहमा अगाडि बढेको दाबी गर्नुभयो ।