२५ माघ २०७९, बुधबार 1675881547
Banner

प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदमा सत्तारुढ दलका तर्फबाट उम्मेदवार बनेकी नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल निर्वाचित भएकी छन् ।​ प्रतिनिधि सभामा शुक्रबार भएको निर्वाचनमा भुसाल र एमालेका विद्या भट्टराईबीच भएको प्रतिस्पर्धामा भुसाल निर्वाचित भएकी हुन् ।

आज भएको चुनावमा खसेको ‍‍ २४२ मध्ये १४८ मत ल्याउँदै भुसाल विजयी भएकी हुन् । भुसाललाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चा र लोसपाले समेत समर्थन गरेका थिए । पराजित एमालेकी भट्टराईले ९३ मत ल्याइन् । उनलाई एमालेबाहेक राप्रपाले समर्थन गरेको थियो ।