१४ बैशाख २०८१, शुक्रबार 1714157615
Banner

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।

वैशाख ३० मा भएको स्थानीय तह चुनावको समीक्षामा कांग्रेस बैठक केन्द्रित हुनेछ। कांग्रेसले ७५३ पालिकामध्ये ३२९ पालिका प्रमुख जितेको थियो। गठबन्धन गरेका र एक्लै जितेका ठाउँ र मतबारे विश्लेषणसहित प्रतिवेदन पनि कांग्रेसले तयार पारेको छ। चुनावी समीक्षाबाहेक केन्द्रीय समिति बैठकमा कोषाध्यक्ष चयन गरिनुपर्ने, संसदीय समिति, कार्यसम्पादन समितिलाई पूर्णता दिनुपर्ने र विभागहरू तथा समितिहरू गठन गरिनुपर्ने एजेन्डा प्रवेश हुने एक केन्द्रीय सदस्यले बताए।