१४ बैशाख २०८१, शुक्रबार 1714116087
Banner

बुढीगंगा नगरपालिकाको मतगणना सुरू

कैलाली । बाजुराको बुढीगंगा नगरपालिका नेतृत्वका लागि हिजो भएको मतदानको गणना सुरू भएको छ । बिहान सर्वदलीय बैठकपश्चात वडा नम्बर ५ मा रहेको भानोदय माविमा गणना थालिएको हो ।

बुढीगंगाबाहेक मुलुकका सबै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले पुन निर्वाचनको मिति तोकेको थियो ।

एमालेबाट प्रमुखमा रामबहादुर बानिया र गठबन्धनबाट रंग खाती चुनावी मैदानमा छन् । उपप्रमुखमा एमालेबाट मनाकुमारी खड्का र गठबन्धनबाट रिता शाही उम्मेदवार बनेका छन् । हिजो सम्पन्न निर्वाचनमा ६६.८३ प्रतिशत मत खसेको थियो ।