१४ बैशाख २०८१, शुक्रबार 1714167751
अर्थ

नेप्सेकाे सीईओमा कृष्णबहादुर कार्की नियुक्त

काठमाडौं ।  नेपाल स्टक एक्स्चेन्ज (नेप्से)काे सीईओमा कृष्णबहादुर कार्की नियुक्त भएका छन् ।

गत सोमबारको मन्त्रिपरिषद् बैठकले पाल्पाका कार्कीलाई नेप्सेको सीईओमा नियुक्त गरेको अर्थमन्त्रीका प्रेस संयाेजक गाेविन्द राेक्काले जानकारी दिए । बुक बिल्डिङ विधिबाट धिताेपत्रकाे सार्वजनिक निष्कासन प्रक्रियामा रहेकाे सर्वाेत्तम सिमेन्टको सेयर ओटीसी मार्केटबाट खरिद गरेपछि विवादित बनेका नेप्सेका तत्कालीन सीईओ चन्द्र सिंह साउँदले भदाै ८ मा राजीनामा दिएसँगै नेप्सेकाे सीईओ रिक्त थियाे ।