१७ बैशाख २०८१, सोमबार 1714399669
राजनीति

बागमती प्रदेशको मूख्यमन्त्री काँग्रेसले पाउनु पर्ने देउवाको शर्त

काठमाडौ- मन्त्री फेर्ने एकिकृत समाजवादी पार्टीले निर्णय गरेको २० दिन पुग्दा पनि किन प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यान्वयन गर्नुभएन भनेर सबैतिर चासो बढीरहंदा नयाँ तथ्य फेला परेको छ ।

जति पटक नेपाल मन्त्रीको सुची लिएर बालुवाटार पुग्नुहुन्छ । देउवाले एउटै कुरा दाहोर्याउने गर्नुभएको रहेछ । त्यो भनेको बागमती प्रदेशको मूख्यमन्त्रीमा काँग्रेस नेता इन्द्र बाँनियालाई एसले छोडिदिनु पर्ने ।
हाल नेकपा एसबाट राजेन्द्र पाण्डे सो प्रदेशको मूख्य मन्त्री हुनुहुन्छ । केही दिन अघि आलोपालो मूख्यमन्त्री हुने लिखित पत्र काँग्रेसले सार्वजनिक गरेको थियो ।
सामान्य अवस्थामा पाण्डेले नछोड्ने बुझेका देउवाले माधव नेपालको यो बाध्यताका बीचमा नै नयाँ मन्त्री नियुक्त गरेसँगै बागमती प्रदेशको मूख्यमन्त्री आफ्नो पार्टीको मातहतमा ल्याउने उपयुक्त अवसरको रुपमा लिनु भएको छ । आजरात दखि भोली विहानसम्म यो लेनदेन त मिल्ला तर पार्टी भित्रको विवादचाँही माधव नेपालले कसरी मिलाउनु हुन्छ त्यो चाँही थप रोचक मोडमा जाला जस्तो छ काँग्रेसका एक नेता भन्छन् ।