२३ बैशाख २०८१, आईतवार 1714961029
समाचार

राससको अध्यक्ष धर्मेन्द्र झा नियुक्त

काठमाडौं- सरकारले राससमा रिक्त रहेको कार्यकारी अध्यक्ष पदमा नेपाली काँग्रेस निकट पत्रकार धर्मेन्द्र झालाई नियुक्त गरेको छ ।

झा नेपाल पत्रकार महासंघका पूर्व सभापति हुनुहुन्छ । सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राससको अध्यक्ष पदमा झालाई नियुक्त गर्नुभएको हो ।