२३ बैशाख २०८१, आईतवार 1714953552
Banner

विराटनगरमा भगवान थापालगायत डेढ सय जना एमाले प्रवेश, अध्यक्ष ओलीद्धारा स्वागत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विराटनगरमा प्रतिष्ठित समाजसेवी, शिक्षासेवी तथा अन्य पार्टीबाट डेढ सयभन्दा बढिलाई एमाले प्रवेश गराउनुभएको छ । शुक्रबार दिउँसो एक कार्यक्रमका लागि विराटनगर पुग्नुभएका ओलीले त्यहाँका केही प्रतिष्ठित व्यक्तिहरुलाई एमाले प्रवेश गराउनुभएको हो ।

शुक्रबारको कार्यक्रमबाट यसअघि राप्रपामा रहेका तथा शिक्षासेवी भगवान थापा पनि एमाले प्रवेश गर्नुभएको छ । त्यस्तै, लोसपा नेता नन्दलाल मण्डल, नेकपा माओवादी केन्द्रका नेता तथा ६ नम्बर वडाका पूर्वअध्यक्ष विजय कामतलगायत १ सय ५० भन्दा बढी व्यक्ति विभिन्न पार्टीबाट एमाले प्रवेश गरेका हुन् ।

  •