२१ बैशाख २०८१, शुक्रबार 1714779669
राजनीति

निजगढमा विमानस्थल बनाउन नपाउने गरी सर्वोच्चले गरेको फैसला दुर्भाग्यपूर्ण : उपमहासचिव ज्ञवाली

काठमाडौं – नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नपाउने भनी आएको सर्वोच्च अदालतको फैसलाको नियतमाथि प्रश्न उठाउनु भएको छ ।

अदालतको फैसलाबारे प्रतिक्रिया दिनुहुँदै उपमहासचिव ज्ञवालीले अदालतको फैसला दुर्भाग्यपूर्ण र विकासको सम्भावनामाथि आँच पुर्याउने काम भएको  बताउनु भयो ।

उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘निजगढमा अन्तरराष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी आज सर्वोच्च अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण छ । यसले कार्यकारीको क्षेत्राधिकार त अतिक्रमण त गरेको छ नै, नेपालको राष्ट्रिय सामर्थ्य र विकासको संभावनामाथि पनि आँच पुर्‍याएको छ ।’  

सर्वोच्च अदालतको वृहत् पूर्ण इजलासले विहीवार गरेको फैसलाले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धी अहिलेसम्मका सबै निर्णय तथा कामकारवाही बदर गरेको छ ।