६ बैशाख २०८१, बिहीबार 1713475529
राजनीति

काठमाडौं-१८ मा एमालेको प्यानलै विजयी

काठमाडौं। काठमाडौं महानगर– १८ को वडाध्यक्षमा नेकपा एमालेका न्हुछेकाजी महर्जन विजयी हुनुभएको छ । । प्रतिस्पर्धी नेपाली कांग्रेसका राजन महर्जनको भन्दा करिब दोब्बर मत ल्याएर महर्जन वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

सो वडामा महर्जनसहित एमालेको प्यानलै निर्वाचित भएको छ । निर्वाचन कार्यालयका अनुसार एमालेका न्हुछेकाजीले १ हजार २ सय ९३ मत पाएर बिजयी हुँदा कांग्रेसका राजनले ७ सय ७१ मत मात्र पाउनु भएको छ ।