२०७९ आश्विन १५ शनिबार 1664657199
खेलकुद

क्यामरुन र बुर्किना फासो सेमिफाइनलमा

आयोजक क्यामरुन र बुर्किना फासो अफ्रिका कप अफ नेसन्स फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा क्यामरुनले गाम्वियालाई २–० गोलले हरायो । अर्को खेलमा बुर्किना फासोेले ट्युनिसियालाई १–० गोलले स्तब्ध बनायो ।

घरेलु मैदानमा क्यामरुनलाई जिताउन दुवै गोल कार्ल टोको इकम्वीले गर्नुभयो । दुवै गोल दोस्रो हाफको गरेको क्यामरुनले ५०औँ मिनेटमा अग्रता लिएको थियो । इकम्वीले कोलिन्स फाईको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभयो । क्यामरुनको अग्रता दोब्बर बनाउनुभयो । ट्युनिसियाको गोल फर्काएने प्रयास सफल भएन । सेमिफाइनलमा क्यामरुनले इजिप्ट र मोरोक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी अर्काे खेलमा बुर्किना फासोलाई जिताउन डंगो ओउटाराले गोल गर्नुभयो । डंगोले पहिलो हाफको इन्जुरी समयमा इब्राहिमा ब्लाटी टाउरेको पासमा गोल गर्नुभएको थियो । डंगो ८३औँ मिनेटमा रातो कार्ड पाउँदै बाहिरिएपछि बुर्किना फासो १० खेलाडीमा समेटिएको थियो । तर ट्युनिसियाले त्यसको फाइदा उठाउन सकेन । सेमिफाइनलमा बुर्किना फासोले सेनेगल र इक्वेटोरियल गिनियाबीचको विजेतासँग खेल्नेछ । एजेन्सी