१४ बैशाख २०८१, शुक्रबार 1714122763
Banner

काठमाडौं महानगर अपडेट : मेयरमा बालेन र उपमेयरमा एमालेकी सुनिताको जित सुनिश्चित

काठमाडौं – काठमाडौं महानगरपालिकाका स्वतन्त्र उमेदवार मेयरमा बालेन्द्र साह (बालेन)को जित सुनिश्चित देखिएको छ ।

पछिल्लो अपडेट अनुसार बालेनले ५५ हजार ७७७ मत प्राप्त गरेका छन् । उनका नजिकका प्रतिस्पर्धी सिर्जना सिंहको ३५ हजार ३७१ मात्र मत छ । अब गन्न बाँकी मत र दुई बिचको फरक मतका आधारमा बालेन जित नजिक पुगेका हुन् ।

सुरुदेखि नै अग्रता कायम गरेका बालेनले सत्ता गठबन्धनलाई पछाडि पार्दै फराकिलो मतान्तर बनाइरहेका छन् ।

काठमाडौंमा उपमेयरमा भने एमालेकी सुनिता डंगोल फराकिलो मतान्तरले अगाडि छिन् । सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठ फराकिलो मतान्तरले पछाडि परेका हुन् । सुनिताले ५१ हजार २ सय भन्दा बढी मत ल्याइसकेकी छन् । श्रेष्ठभन्दा तेब्बर मत भएकाले उपमेयरमा डंगोलले जीत सुनिश्चित जस्तैे छ ।