८ बैशाख २०८१, शनिबार 1713632227
राजनीति

काठमाडौं २१ मा नेकपा एमालेका चूडामणि बज्राचार्यको प्यानलै विजयी

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २१ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । ४४१४ मत खसेकोमा एमालेका वडाध्यक्ष उम्मेदवार चूडामणि बज्राचार्यले २००१ मत ल्याएर विजयी भएका छन् । कांग्रेसका मधुसूदन प्रधानले १५१३ मत प्राप्त गरे । मेयरमा सबैभन्दा बढी भोट एमालेलाई परेको छ । एमालेका केशव स्थापितले १६७२ मत प्राप्त गर्दा दोस्रो स्थानमा कांग्रेसकी सिर्जना श्रेष्ठले ११८५ भोट ल्याइन् ।

स्वतन्त्र उम्मेदवार बालेन साहलाई ६९५ भोट परेको छ ।