२०७९ मंसिर २० मंगलवार 1670378422
Uncategorized

आइतबार बाेलाइएकाे प्रतिनिधिसभा बैठक माघ २६ का लागि सारियाे

आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै संघीय संसद् सचिवालयले बैठक माघ २६ गतेका लागि सारेको हो ।


संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार आइतबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक माघ २६ गते बुधबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको हो ।
महासचिव गौतमका अनुसार प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) अनुसार बैठक सारिएको हो । यसअघिसमेत बैठक सूचना सार्वजनिक गर्दै सर्दै आएको छ ।