२०७९ असार ११ शनिबार 1656204703
Banner

शिशुपालको नियतितिर घनश्याम भुसालको गति

केही समय अघि हिमालय टेलिभिजनको एक अन्तर्वार्तामा एमाले नेता घनश्याम भुसाल पार्टी अध्यक्ष के.पी. शर्मा ओली विरुद्ध अत्यन्त तुच्छ स्तरको फरेबी आरोप लगाउँदै थिए । भुसाल आफ्ना गैर माक्र्सवादी तथा गैर एमाले चिन्तन र चरित्रका कारण आफ्नै जिल्लामा एक्लिएका छन् । टीभी पत्रकारले अत्यन्त होनहार प्रतिभाशाली नेता भनिएका भुसाल अझ फुर्किएर पार्टी विरोधी हरकत ओकल्दै थिए । उनले ओलीले पार्टीमा कोतपर्व मच्चाउन सक्छन् सम्म भने । यसको अर्थ के रहेछ भने शिशुपालले १०० अपराध गरेपछि श्रीकृष्णले तिनलाई समाप्त पारेझैँ भुसालले आफूले पार्टी विरोधी सय अपराध गर्दा कार्यवाही हुने डरबाट आत्तिएको स्पष्ट हुन्छ । हुन पनि धेरै पहिलेदेखि भुसालको नसनाडी छामिरहेको यस लेखकको निष्कर्ष भुसाल एमाले पार्टीका सबै भन्दा ठूला बैरी हुन् । जीवाणु र विषाणुको संघर्ष त चलिरहन्छ तर भुसालजस्ता विषाणु अब अति भयो र धेर भयो । यस्तो विषाणुले यो पार्टी समाप्त पार्न सक्ने खतरा हुनसक्छ । किन भने एमालेका शत्रुहरु देश बाहिर पनि छन्ु र ती यस पार्टी भित्रका खसी कति कतिमा कहिले किन्न सकिन्छ भनी दाउ लगाइरहेका छन् । कुन कुन खसी कतिबेला बिक्री हुन्छन् यस लेखकलाई राम्ररी थाहा छ । अझ खसीका ठेकेदारलाई पनि यस लेखकले चिनको छ । एउटा डाक्टरले रोग पहिचान गरेको हुन्छ । सम्बन्धित जिल्लाका आम कार्यकर्ताले बेलैमा यस्ता चरम अराजक अनुशासनहीन भुसालजस्ता नेतालाई ¥याख¥याख्ती पार्न सकेनन् भने यिनको बिक्री बट्टा निश्चित देखिन्छ , । भुसालले जस्तो ओलीको खेदो पाइलो त शत्रु ले पनि गर्दैनन् र गरेका छैनन् । साथीको बात नहसने तर शत्रुको लात सहने बानी परेका भुसाल धेरै उम्लिए अब ती भुइँमा होइन रछ्यानमा पोखिन मात्र बाँकी छ ।

स्थानीय निर्वाचनमा पहिलो शक्तिका रुपमा एमाले विजयी हुन नसक्नुमा ओलीको मात्र दोष देख्ने भुसाल आफ्नू अपराध देख्दैनन् । भुसालले ओली सरकारले देश, जनता र जनजीविकाका सबालमा गरेका कैयौँ महत्वपूर्ण काम पहिले त देखेनन् र भनेनन् , निर्वाचन सामु आफ्ना निर्वाचन क्षेत्रमा चरम र सरमलाग्दो रिस र डाहले बोलेनन् । यस्ता खोटी व्यवहारले पार्टी प्रति जनविश्वास बढाउन सकिँदैन । आफ्नो पार्टी र अध्यक्षलाई भरमार गाली गरेर र सरापेर आफ्नू अस्तित्व सुरक्षित हुन्छ ? आफू उभ्भिएको भुईँ खोस्रिएपछि उभ्भिने ठाउँ कहाँ पाइन्छ ? यस्ता कालिदासे प्रवृत्ति अब अति भयो,यस्ता विजतीय तत्वको चिरफार अब जरुरी भइसक्यो । आकाशतिर थुकेर आफ्ना थाप्लामा फूलको वर्षा हुन्छ ? भुसाल गठबन्धन सरकारले गरेको चरम धाँधली किन देख्दैनन् ? किन देख्दैनन् भने यी दुवैको कुटकलुषित स्वार्थ एमाले कमजोर पार्नु रहेको छ ।

निर्वाचनकाम क्रममा रुकुम र ताप्लेजुङ लगायत विभिन्न जिल्लामा निर्वाचनका क्रममा एमाले कार्यकर्ता मारिएको र सयौँको संख्यामा घाइते पारिएको भुसाल देख्तैनन् । इटहरीमा उपप्रमुखमा उम्मेद्वार भएका गठबन्धन अर्थात् माकुने गुटका नेता केशव बिस्टले आफ्ना छोरा कैलाश बिस्ट सहित तीन जनालाई लगाएर एमाले प्रदेश १ क सचिवालय सदस्य तथा निर्वाचन परिचालन समितिका सहसंयोजक हिमाल सुवेदीलाई दिनदाहाडै म।रणासन्न हुने गरी कुटे । आफ्ना पार्टीका नेता कार्यकर्ता मारिएको र घाइते भएकामा कत्ति पनि चिन्ता नगर्ने भुसाल किमार्थ एमाले हुनसक्तैनन् । भुसाल जस्ता एकाध नेता एमालेको खोल ओढेर एमाले सिध्याउन न्वारानदेखिको बल लगाउनेहरु देखिए । भुसाल जस्ता नेताले नितान्त निजी स्वार्थलाई केन्द्रमा राखेर पार्टीको बदनाम गरिरहेका छन् । गठबन्धन दल र बाह्य शक्तिका आदेश र इसारामा चल्ने नेता एमाले नेता होइनन् । प्रतिक्रियावादीको भरिया भएर एमाले पार्टीको नेता हुन सुहाउँदैन । जबजको च्याप्टर क्लोज गर्ने भुसाल एमाले हुन् भन्न सकिन्न । एमालेमा महासचिव शंकर पोखरेल र उपसचिव प्रदीप ज्ञवाली लगायत नेताहरु छन् । ओलीको आँखा छली अनेक खेलखाल नगरी सबै नेताले जबज अन्ुसार चल्ने हो भने यो पार्टी यथाशीघ्र सच्चिन र सच्याउन सकिन्छ । तीन स अर्थात् सिद्धान्त सिर्जना र संगठन जस्ता त्रिआयामले मात्र जबज अनुसारको सक्षम नेता हुनसकिन्छ । पार्टी भित्र सकारात्मक इष्र्या गर्दा मात्र आफू सहित पार्टी सप्रिन्छ । पोखरेल र ज्ञवालीको रिस गरेर आफ्रूलाई अरु पातलो बनाउने काम कसैले नगरुन् , जबज अनुसार चलून् ।

पार्टी एकता पछि झण्डैझण्डै दोस्रोपटक किट्नी फेर्दा र एपेण्डिसाइड फुटेर जीवन मरणको दोसाँधमा ओली पुग्नु भएको थियो । दाहाल नेपालजस्तो नितान्त निजी निहित निकृष्ट सत्ता र सरकार स्वार्थभन्दा धेरै माथि उठेर देश र जनतालाई ओलीले राखेको यसै पनि स्ष्ट हुन्छ । १५ वर्ष र ३२ वर्ष पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेका दाहाल र नेपालले एक कार्यकाल पार्टी अध्यक्ष र प्रधानमन्त्री बनेर राम्रो काम गर्दा गर्दै बीचैमा उहाँलाई त्याग गर्नुपर्छ मात्र भनेनन् उल्टै असमयमै हटाउन खोजेको दुर्नियत स्पष्ट भएकै छ । पार्टी एकता गर्दा ओलीले आफ्नो गुटगत संकीर्ण स्वार्थ हेर्नु भएन । उहाँले दाहाल र नेपाल समूह मिल्दा आफू अल्पमतमा पर्न सक्छु भन्ने जानीबुझी पनि पार्टी एकता गर्नुको एउटै र मूल कारण हरेक प्रतिकूलतालाई देश र जनताका हितमा बदल्ने सोच हो । जे जति अवसर प्राप्त हुन्छ ,देशको उत्थानमा भरपूर प्रयोग गर्ने ओलीको उच्च र उदात्त ध्येय हो । यसरी इमान्दारिताका साथ काम गर्दा जुनसुकै लबीका नेता र कार्यकर्ताले अवश्य सहयोग गर्छन् र गराउन सकिन्छ भन्ने ओलीको आत्म विश्वास पनि हो ।

भुसालले टीभी अन्तर्वार्तामा ओलीले दुईदुई पटक गरेको संसद् विघटन गरेको मुद्दाई शीर्ष स्थानमा राखेर खेदोपाइलो गरेका छन् । भुसाल कमरेड, कहिले काहिँ परिणामले पहिले गरेका कामहरुको औचित्य सिद्ध गरिदिन्छ । तर पनि भु्साल संसद् विघटन बारे पार्टी अध्यक्षलाई कपटपूर्वक दोषारोपण गरिरहेका छन् । प्रतिक्रियावादीहरु कसरी आउँछनु् र आउँदैछन् भन्ने कुरा जसकसैले कहाँ बुझ्छ र ? ब्राजिलमा जनप्रिय बाम नेता,निस्कलङक छवि भएका राष्ट्रपति दिल्मा सफेललाई त्यहाँका महाभ्रष्टाचारीले निराधार भ्रष्टचारको अभियोग लगाए, । पछि उनले सफाइ पाए पनि प्रतिक्रियावादीका कारण जनमानसमा केही दिन भ्रम छरियो नि । त्यसै गरी लुलाको राष्ट्रतिको उम्मेदवारी नै त्यहाँको अदालतले रद्द गरिदियो । त्यसैले बुर्जुवाहरु र तिनका मतियारहरु कतिसम्म सिल्पट हुन्छन् भन्ने कुरा बुझ्नेले बुझ्छन् । यस्ता कुरा कुनै कितावमा लेखेको हुँदैन अनि बौद्धिक भनिने नेताले कितावमा लेखे बाहेक पढ्दैन र बुझ्दैन पनि । अनि त्यस्तो बुद्धिजीवीलाई बुझाउन खोज्दा पनि उसले तत्काल बुझ्दैन । उसलाई बुझेँ भन्न उसको अहंले दिँदैन तर जब समय क्रममा उसको नाकै भाँचिन्छ अनि मात्र बुझ्छ तर भुसाल जस्ता अहंकारी नेता भने आफूले जे बुझेको छ त्यसैका लागि प्राण त्याग गर्न बेर लगाउँदैनन्, । अदालतको परमादेशबाट नियुक्त वा टिके प्रधान मन्त्री बने बनाएकामा भुसाल किञ्चित चिन्ता गर्दैनन् । प्रतिक्रियावादीले के के समम गर्छन् भन्ने राम्ररी बुझेर संसद् विघटन गर्न बाध्य भएको स्थिति हो । फेरि यस खालका काम गर्न गराउन दाहाल नेपाल भने ओली सरकार गठन भएको भोलिपल्टैदेखि ज्यान पालेर लागिपरेको यस लेखकसित तिथि मिति सहित तमाम अभिलेख कपीमा सुरक्षित छ । किनभने प्रतिपक्षी भन्दा चर्को स्वरमा ओली सरकारका विरोधी दाहाल र नेपाल लागेका थिए । यसमा भुसालको मन्त्री हुनुभन्दा अघिको ओली विरोधी बोली र वचनको तुच्छता निम्न स्तरकै थियो । तर भुसाल किन आफ्नो आङ कन्याएर छारो उडाउन अझै उद्यत छन् ? यो खोजीको विषय हो ।

भुसाल किन परचक्री झैँ पार्टीकै विरुद्ध तथानाम गर्छन् किन ? माओले जनता, सिद्धान्त र नेतृत्वमा विश्वास अनिवार्य हुनुपर्छ भन्नु भएको छ र यस्ता सदस्यको पार्टीमा कुनै काम छैन पनि भन्नु भएको छ । द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी भनिने पार्टी स्थायी समितिका सदस्यको यस खालको अत्यन्त सतही पार्टी विरोधी आक्षेपपूर्ण बोली वचनले प्रोत्साहन पाउने हो भने पार्टीमा भाइरसको चलखेल बढ्नेछ ।
कुनै पनि विषयको मूल्याङ्कनका माक्र्सवादी आधारहरु छन् । ती आधार वस्तुनिष्ठ पनि छन् । तिनले सापेक्षता, पूर्ण र अंश जस्ता आधारमा मूल्याङ्कन गर्ने गर्छन् । यसरी गरिएको मूल्याङ्कन मात्र सही हुन्छन् । भुसालको जस्तो मनगढन्ते लेख लेख्न माक्र्सवादी हुनै पर्दैन । यस्ता लेखोट सामान्य र सतही लेखन्तेले नै लेखिहाल्छ नि । यो लेख लेखेको भन्दा पनि लेखाएको आभास यस लेखकलाई भएको छ । किनभने क्षणिक सोचको मानिस सर्वनाश हुनु भन्दा प्राणको रक्षा गर्न चाहन्छ । भनिन्छ नि डुब्न लागेको मानिसलाई त्यान्द्रोको सहारा । ठीक त्यस्तै दाहाल र नेपाललाई अहिले प्राणरक्षाको चिन्ताले सताएको हुनुपर्छ । यसका लागि भुसाल लेख लिएर देखापरेका हुनसक्छन् । तर यस्ता संवेदनशील विषयमा ओली सितै दाहाल र नेपालले जम्लाहात गरेर माफ मागे भइगयो । विचौलियाको प्रयोग यसमा फलिफाव हुँदैन । किनभने सदावर्त दलाली मात्र गरेर आन्दोलन र क्रान्तिलाई घाटा पार्ने विचौलियाको अब काम छैन ।

२४ लाख कारोना खोप सरकार आफैँले हराएको भनिएकामा भुसाल किन बोल्दैनन् । भुसाल महाकाली नदीमा बगाएर भारतीयका कारण मारिएका जयसिंह धामीका बारेमा गठबन्धन सरकारको नियत प्रति किन मौन बन्छन् ? महाकाली नदीमा भारतीय सरकारले एक तर्फी तटबन्ध बनाएको बारे भुसाल किन बोल्न अनकनाइ रहेकाछन् ? महाकालीको आकाशमा भारतीय सैनिक हेलिकेप्टरले चार फन्का लगाउँदा भूसाल चुप्प लाग्छन् तर ओलीको अनुहार देख्ने बित्तिकै टुप्पीबाट धुवाँ छुटाउँछन् । भारत अनुकूल वा कन्फर्टेवल गठबन्धन सरकारका तमाम देश र जनता विरोधी कामका विरुद्ध भुसाल मौन बस्न रुचाउँछन् । र उल्टो आफ्नै पार्टी र नेतृत्वको सदा खेदो खन्न किन रौसिन्छन् । कारण नभई कार्य हुँदैन । यसमा सैद्धान्तिक कारण पटक्क छैन, केही प्राविधिक गुप्तगु कारण हुनुपर्छ तमाम पार्टी कार्यकर्ताको मन पोल्ने तर प्रतिक्रियावादीलाई खुसी पार्न यस्ता लेखहरु फोकटमा भुसाल बोलीरहेका छैनन् यस्ता अराजक विषय पार्टी वा कार्यकर्ताले ठाडो. कार्यवाहीको विषय बनाउनु पर्छ । एमाले बचाउने कार्यकर्ता हुन् भने कुनै पनि खाले आग्रह नराखी बेलैमा भुसाल प्रवृत्ति विरुद्ध गम्भीर बन्नुपर्छ ।