२०७९ आश्विन १६ आईतवार 1664771573
Uncategorized

ज्येष्ठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको उच्च स्तरीय राजनैतिक संयन्त्रको आज बसेको बैठकले आगामी ज्येष्ठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निर्वाचनका लागि कानून संशोधन गर्नुपर्ने भए त्यस प्रक्रिया समेत अगाडि बढाउन सुझाव दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सत्ता साझेदार राजनैतिक दलका नेताहरू सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी हुनुभएको थियो ।