७ बैशाख २०८१, शुक्रबार 1713575718
समाज

उदयपुयरमा ट्याक्टर दुर्घटना : एक बालकको मृत्यु, दुई जना घाइते

खेत जोतेर घर फर्कने क्रममा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

शनिबार राति अन्दाजी ८ बजेको समयमा त्रियुगा नगरपालिका १ रुपनी स्थित खोला छेउको खेत जोतेर घर फर्कने क्रममा स १ त ४२९३ नम्बरको ट्याक्टर पल्टी दुर्घटना भएको हो ।

दुर्घटनामा सोही ठाउँका ट्याक्टर चालक ४० वर्षीय सत्य नारायण चौधरीको १० वर्षिय छोरा नितेष चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पतालमा राती करिव ९ बजेतिर मृत्यु भएको थियो ।

अर्का छोरा १२ वर्षीय निमिष चौधरीको बायाँ कम्मरमा र दुवै खुट्टामा चोट लागेको छ भने ट्याक्टर चालकको दाहिने हातमा चोट लागेको छ । उनीहरु दुवैको जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।