५ जेष्ठ २०८१, शनिबार 1716026791
राजनीति

काठमाडौं ३१ मा एमालेका सरोज ढकाल विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका को वडा नम्बर ३१ मा नेकपा एमाले विजयी भएको छ । एमालेका सरोज ढकाल ४७६७ मतका साथ विजयी भएका हुन ।

उनका प्रतिद्धन्दी कांग्रेसका प्रकाश रानाले २९९१ मत पाएर पराजित भए । उहाँसँगै सदस्यहरुमा अप्सरा खनाल, सान्नानी मिजार , हुमादेवी आचार्य , अशोक केसी विजयी भएका छन भने वडाको खुल्ला सदस्य एकजना कांग्रेसका उम्मेदवार विजयी भएका छन् । काठमाडौं महानगरपालिकामा अन्तिम परिणाम आएकामध्ये वडा नम्बर १, २, ३, ४, ५, ३१ र ३२ मा एमाले विजयी भएको छ ।