१३ बैशाख २०८१, बिहीबार 1714109540
Banner

टी-२० शृङ्खला : अन्तिम खेलमा नेपाल ३३ रनले विजयी

काठमाडाै  । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टी-२० महिला क्रिकेट प्रतियोगिताको शनिबार भएको पाँचौं खेलमा नेपालले सहज जित हासिल गरेको हो। नेपालले दिएको १२४ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले ६ विकेटको क्षतिमा ९० रन मात्रै बनायो।

युगान्डाका लागि रिता मुसामालीले २६, केभिन अविनोले १६ र जेनेत एम्बाजीले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।

नेपालका लागि सीता राना मगर र इन्दु वर्माले दुई-दुई तथा अस्मिना कर्माचार्य र हिरणमयी रोयले एक-एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १२३ रन बनाएको थियो। नेपालका लागि ज्योति पाण्डेले ४९, कविता जोशीले १८, सीता राना मगरले १७ र अप्सरी बेगमले ११ रन बनाए। युगान्डाका लागि कन्सी अवेको र फिओना कलुमले एक-एक विकेट लिए।

पाँच खेलको टी-२० शृङ्खला भने युगान्डाले जितेको छ। शुरूआतका तीन खेल युगान्डाले जितेको थियो भने बाँकी दुई खेल नेपालले जितेको हो।