१२ बैशाख २०८१, बुधबार 1714003919
कला/साहित्य

कान्स फिल्म फेस्टिभलमा सुरक्षाको इन्ट्री

काठमाडौं । कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स पुगेकी नेपाली अभिनेत्री सुरक्षा पन्तले बुधबार कान्स रेड कार्पेटमा वाक गरेकी छिन् । आफू अभिनित फ्रेन्च चलचित्र ‘द एट माउनटेन्स’ प्रिमियरका लागि सुरक्षा फ्रान्स पुगेकी हुन् । ‘द एट माउन्टेन्स’ मा उनको सानो भूमिका रहेको बताइएको छ ।

कान्स फेस्टिभलको रेड कार्पेटमा वाक गर्ने पहिलो अभिनेत्री बनेकी सुरक्षा रातो नै पहिरनमा सजिएकी छिन् । कान्स फेस्टिभल मे १७ देखि २८ सम्म फ्रान्समा आयोजना हुँदैछ।