७ बैशाख २०८१, शुक्रबार 1713528853
पालिका

पर्साको पोखरियामा एमाले विजयी

वीरगञ्ज- पर्साको पोखरिया नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ । मेयरमा पूर्वसांसद प्रधुम्नप्रसाद चौहान र उपमेयरमा रुवी कुमारी ठाकुर विजयी भएका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार एवम् निवर्तमान मेयर दिपनारायण रौनियारलाई २४३३ मत अन्तरले पराजित गर्दै चौहान मेयरमा निर्वाचित भएको निर्वाचन अधिकृत पदम बहादुर कार्कीले जानकारी दिनुभयो ।

चौहानले ५५५४ मत पाउँदा कांग्रेसका उम्मेदवार रौनियारले ३१२१ मत पाउनुभयो । ०७४ को निर्वाचनमा दिपनारायणले प्रधुम्नलाई पराजित गर्नुभएको थियो । रौनियार ३०२६ मत ल्याएर विजयी हुँदा संघीय समाजवादी फोरमबाट उठेका प्रधुम्नले २७६७ मत पाउनुभएको थियो ।

उपमेयर रुवी ५१९५ मत ल्याएर विजयी हुनुभयो । उहाँको निकटतम प्रतिस्पर्धी रेहना खातुनले ३९२९ मत पाउनुभयो ।