४ जेष्ठ २०८१, शुक्रबार 1715942522
पालिका

घोराही उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेद्वार विजयी

दाङ-घोराही उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेका नरुलाल चौधरी विजयी हुनुभएको छ । चौधरीले ३१ हजार ७२८ मत ल्याएर निर्बाचित हुनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा पोखरेलले २६ हजार ३६८ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा नेकपा एमालेकै हुमाकुमारी डिसिले ३० हजार ४०३ मत ल्याएर बिजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका भुपबहादुर डाँगीले ३० हजार ३५४ मत ल्याउनु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । घोराही उपमहानगरपालिकामा १९ वडा रहेका छन् ।