२०७९ असार ११ शनिबार 1656206494
पालिका

बूढानीलकण्ठ नगरपालिका ७ मा एमालेका बस नारायण महर्जनको प्यानल नै विजयी

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं ०७ मा बस नारायण महर्जन सहितको प्यानल निर्वाचित भएको छ ।

नेकपा एमाले उम्मेदवार महर्जनको प्यानलले नेपाली कांग्रेसलाई फराकिलो मत अन्तरले पराजित गरेको हो ।

बस नारायण महर्जनले १०१५ मत पाएका छन् भने कांग्रेसले ४८४ मत पाएको छ ।

बस नारायण महर्जन सहित महिला वडा सदस्यमा राममाया महर्जन, दलित महिला सदस्यमा अनिता मिजार, खुल्ला सदस्य १ मा झपट ब. कार्की र खुल्ला सदस्य २ मा सावित्री ढकाल निर्वाचित भएका हुन् ।