१३ बैशाख २०८१, बिहीबार 1714076286
Banner

भक्तपुरमा तीन महिने बालकको निसास्सिएर मृत्यु, बाबु आमाको अवस्था गम्भीर

भक्तपुर । भक्तपुरमा तीन महिने बालकको निसास्सिएर मृत्यु भएको छ ।

भक्तपुर जिल्ला सूर्य विनायक नगरपालिका–४ दधिकोट बस्दै आएका रामेछाप मन्थली घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीन महिने छोराको निसासिएर मृत्यु भएको हो । 

शनिवार बेलुका अभिषेक र उनकी २८ वर्षीय श्रीमती पसुना तामाङ तीन महिने छोरासँग आगो तापेर सुतेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजु पाण्डेका अनुसार बिहान अबेरसम्म पनि नउठेकाले स्थानीयले र प्रहरीले झ्यालबाट हेर्दा तीनै जना अचेत अवस्थामा फेला पारेका थिए । 

तत्काल उपचारको लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा आज बिहान तीन महिने बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै अभिषेक र पसुना दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।