७ बैशाख २०८१, शुक्रबार 1713582761
Banner

फेरि बढ्यो कोरोना मृत्युदर

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ह्वात्तै बढेको छ । अघिल्लो दिन तीन जना सङ्क्रमितको मृत्यु भएकोमा शनिबार १६ जनाको मृत्यु भएको छ । विज्ञहरूले कोरोना सङ्क्रमितको मृत्यु बढ्नुलाई ओमिक्रोन भेरियन्टको प्रभाव भन्न थालेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६५१ पुगेको छ ।

ओमिक्रोनको प्रभाव
वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले हाल नेपालमा कोरोना भाइसरका ओमिक्रोन र डेल्टा दुवै प्रकारको सङ्क्रमण रहेको बताउनुभयो । उहाँले हालै पनि दैनिक तीन–चार जना सङ्क्रमितको मृत्यु भइरहेको जानकारी दिँदै शनिबार १६ जना पुग्नुलाई ओमिक्रोनको प्रभाव बढेको हुनसक्ने बताउनुभयो ।
डा. पुनले ओमिक्रोन प्रकार कडा नभए पनि वृद्ध र खोप नलगाएकालाई त्यसले असर गरिरहेको जानकारी दिँदै त्यो वर्गका व्यक्तिमा समस्या कडा हुनसक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो । ओमिक्रोनले डेल्टालाई प्रतिस्थापन गरिसकेको भन्दै उहाँले डेल्टा भाइरस ओमिक्रोनभन्दा घातक रहेको बताउनुभयो । ओमिक्रोन आइसकेपछिका मृतकको तथ्याङ्कअनुसार ३४ जनामध्ये ३० जना खोप नलगाएका रहेको बताइएको छ । डेल्टाले सङ्क्रमितको श्वासप्रश्वासमा समस्या ल्याउने, कडा खालको निमोनिया हुने भन्ने पुष्टि भइसकेको छ, डा. पुनले थप्नुभयो, “म फेरि पनि भन्छु खोपलाई नै ध्यान दिनुपर्छ ।
खोप नलगाएकाहरूलाई ओमिक्रोनले असर पु¥याउने उहाँको भनाइ छ । ओमिक्रोन पहिले रोकथामको चरणबाट अब उपचारात्मक चरणमा आइपुगेको उहाँको भनाइ छ ।