१३ बैशाख २०८१, बिहीबार 1714101450
Banner

सीता दाहाललाई कोरोना संक्रमण

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रचण्डको सचिवालय स्रोतका अनुसार दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा दाहाललाई कोरोना पुष्टि भएको हो । हाल उहाँको मेडिसिटी अस्पतालको आइसियुमा भर्ना गरेर उपचार जारी राखिएको छ । उहाँमा निमोनियासमेत देखिएको र अहिले स्वास्थ्य अवस्था स्थिर रहेको बत्ताइएको छ ।

केहीदिन अघि अध्यक्ष प्रचण्डमा पनि कोरोना पुष्टि भएको थियो ।