१३ बैशाख २०८१, बिहीबार 1714059220
Banner

एमाले अध्यक्ष ओलीको १५ बुंदे बक्तव्य :सरकार देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयासमा

काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार देशलाई अस्थिरतातर्फ लैजान उद्धत रहेको बताउनुभएको छ ।


आज एक प्रेस वक्तव्य प्रकाशन गर्दै ओलीले स्थानीय तहको निर्वाचन धकेल्न सरकारले अनेक प्रयास गरिरहेको उल्लेख गर्नुभएको छ । संविधानले स्थानीय तहको म्याद सकिनु भन्दा दुई महिना अगावै निर्वाचन गराउनु पर्ने कानुनी व्यवस्था गरे पनि सरकार संविधानको धारा २५५ को भ्रमपूर्ण व्याख्या गरेर उम्कन खोजेको आरोप लगाउनुभएको छ ।
१५ बुँदा लामो वक्तव्यमा अध्यक्ष ओलीले सरकार कोरोना महामारी नियन्त्रण,सुसासन कायम गर्न र कानुनी राज्य स्थापना गर्न असफल भएको बताउनुभएको छ ।