६ बैशाख २०८१, बिहीबार 1713475191
Banner

मुस्ताङका चार गाउँपालिकामा मतगणना जारी, भोलि साँझसम्म नतिजा आउने

काठमाडौं । पाँच स्थानीय तह रहेको मुस्ताङ जिल्लामा मतगणना जारी छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार थासाङ गाउँपालिकामा भने सम्पर्क हुन नसकेको जिल्ला निर्वाचन अधिकारी मदन अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार लो–घेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ९ बजेबाट र लोमन्थाङ गाउँपालिकामा साढे ९ बजेबाट मतगणना सुरु भएको हो । उनले केही अवरोध नआए भोलि साँझसम्म अन्तिम परिणाम आउने जानकारी दिए ।

“मतगणना सुरु भइसकेको छ । केही समस्या भएन भने भोलि साँझसम्म नतिजा आउँछ,” उनले भने ।