२०७९ आश्विन १९ बुधबार 1665014156
Banner

सुनकाे मूल्य प्रतितोलामा एक हजारको दरले बढ्यो

काठमाडौं।नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे छ ।

बुधबारकाे तुलनामा बिहीबार सुन ताेलामा एक हजार रुपैयाँले बढेकाे छ । महास‌ंघका अनुसार बुधबार छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार २०० सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।