१५ बैशाख २०८१, शनिबार 1714198535
समाज

न्युजिल्यान्डमा कोभिडको फाइजर खोप लगाएका दोस्रो व्यक्तिको मृत्यु

न्युजिल्यान्डमा कोभिडविरुद्ध फाइजरको खोप लगाएपछि एक व्यक्तिको मृत्यु भएको छ ।

खोपपछि उनलाई ह्रदयघात भएको हुन सक्ने अनुमान गरिएको छ ।

२६ वर्षीय रोयी जेम्स नरिनको मृत्यु भएको हो । पहिलो डोज लगाएको दुई साता नबित्दै उनको मृत्यु भएको हो ।

उनलाई खोपपछि ह्रदयघात भएको प्रारम्भिक परीक्षणमा देखिएको जनाइएको छ। खोपकै कारण उनको मृत्यु भएको न्युजिल्यान्डको खोप अनुगमन बोर्डले जनाएको छ । खोप लगाएपछि उनी त्रसित देखिएका थिए ।

यसअघि अगस्टमा पनि फाइजर खोप लगाएकी एक महिलाको मृत्यु भएको थियो । एजेन्सी