४ बैशाख २०८१, मंगलवार 1713279725
कृषि

कर्णालीका पहाडी क्षेत्रमा पानी नपर्दा मकै रोप्‍न ढिलाइ

रुकुम पश्चिम – समयमै पानी नपर्दा कर्णाली प्रदेशका पहाडी क्षेत्रका किसान समस्यामा परेका छन् ।

पानी नपर्दा जाजरकोट,रुकुम पश्चिम र डोल्पाका किसानले मकै रोप्‍न पाएका छैनन् ।यहाँका किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् ।

नलगाड(८) का किसान शेरबहादुर खत्रीले वैशाखभित्र मकै रोपिसक्नुपर्ने भए पनि वर्षा नहुँदा ढिलो भएको बताए ।

यहाँका किसानले धानको बीउ राख्‍न सुरु गरे पनि सिंचाइको अभाव रहेको छ ।

वर्षा हुन नसकेको र सिंचाइको सुविधा नभएकाले धानको बीउ राख्‍न पनि समस्या भइरहेको उनले बताए ।