११ बैशाख २०८१, मंगलवार 1713922861
विश्व

चीनको शून्य–कोभिड रणनीति दिगो भएन : डब्लूएचओ

जेनेभा – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले कोभिड महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको बताएका छन् ।

कोभिडको महामारी सुरु भएदेखि अहिलेसम्मकै खराब अवस्थाविरूद्ध लड्न सांघाईका साढे दुई करोड मानिसहरू हप्तौँदेखि घरमा बस्न बाध्य भइरहेका बेला डब्लूएचओका प्रमुखको यस्तो भनाई आएको हो ।‘जब हामी शून्य–कोभिड रणनीतिको बारेमा कुरा गछौँ, भाइरसको व्यवहार र भविष्यमा हामीले के अनुमान गर्छौं भन्ने विषयलाई मनन गर्दा यो दिगो छ भन्ने लाग्दैन’, गेब्रेयससले पत्रकार सम्मेलनमा भने ।

चीनमा पछिल्लो समयमा कोभिड संक्रमणका घटना तीव्र वृद्धि भएका छन् । कोभिडबाट सांघाइ सहर नराम्रोसँग प्रभावित छ । सांघाइमा कोभिडबाट अहिलेसम्म ५ सय जनाको मृत्यु भएको छ।