७ बैशाख २०८१, शुक्रबार 1713560231
समाज

क्रेनको ठक्करबाट कुवेतमा नेपाली महिलाको मृत्यु

दोहा– रोजगारीका लागि कुवेत पुगेकी एक नेपाली महिला कामदारको मृत्यु भएको । कुवेतको मङ्गाफमा गत शुक्रबार क्रेनको ठक्करबाट सिन्धुपाल्चोक स्थायी भएकी माया तामाङको मृत्यु भएको हो ।

बाटो काट्ने क्रममा विपरीत दिशाबाट आएको क्रेनले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । उक्त घटनाबारे कुवेत प्रहरीले मुचुल्का बनाई क्रेन चालकलाई पनि नियन्त्रणमा लिइसकिएको बताइएको छ ।

मृतकको शवलाई पोस्टमार्टमका लागि हस्पिटल लगिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार मृतक तामाङले बाटो काट्ने क्रममा मोबाइल चलाउँदै बाटो काटिरहेकी थिइन् । सोही बेला उक्त दुर्घटना भएको बताइएको छ ।

यस घटनाको विषयमा कुवेतमा रहेको नेपाली दूतावासमा जानकारी गराइसकेको गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका युवा संयोजक नवराज पराजुली जानकारी दिए ।

यता दूतावासले पनि घटनाबारे जानकारी आएको भन्दै कम्पनी तथा परिवारसँग समन्वय गरेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शवलाई जतिसक्दो चाँडो स्वदेश पठाइने जनाएको छ ।