१३ बैशाख २०८१, बिहीबार 1714045574
राजनीति

निर्विरोध निर्वाचित हुनेमा सबैभन्दा धेरै एमालेका उम्मेदवार

काठमाडौं । हालसम्म ३ सय ९० जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। आगामी वैशाख ३० गने हुने स्थानीय तहको निर्वाचनका लागि सबै भन्दा बढी नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

एमालेका अध्यक्ष १, उपाध्यक्ष २, वडा अध्यक्ष १७, दलित महिला सदस्य ६० र महिला सदस्य २५ जना उम्मेदवारहरु गरी १३८ जना निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै, नेपाली कांग्रेसका उपाध्यक्ष १, १६ जना वडा अध्यक्ष, ४५ जना दलित महिला सदस्य र २१ जना महिला सदस्य गरी ११५ जना निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगको अनुसार माओवादी केन्द्रका वडाध्यक्ष ३ जना, ४३ दलित महिला सदस्य र ८ जना महिला सदस्य गरी ५९ जना निर्वाचित भइसकेका छन् ।

यसैगरी, नेकपा (एकीकृत समाजवादीको अध्यक्ष २ जना, उपाध्यक्ष १ जना, वडाध्यक्ष ६ जना, ७ जना दलित महिला सदस्य र ७ जना महिला सदस्य गरि ३५ जना निर्विरोध निर्वाचित भएका हुन् । अब १ लाख ४५ हजार १० जना उम्मेदवारहरु चुनावी मैदानमा छन् ।