१३ बैशाख २०८१, बिहीबार 1714108284
राजनीति

निर्वाचन आयोगद्वारा सर्वदलीय बैठकको आह्वान

काठमाडौं – निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ । आयोगले शुक्रबार दलहरूसँग परामर्श गर्नका निम्ति बैठक आह्वान गरेको हो।

बैकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १६ दललाई निमन्त्रणा पठाइएको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपलीयाका अनुसार बैठकका मुख्य तीन एजेन्डा छन् ।

बैठकमा आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र हाल जारी रहेको मतदाता नामावली संकलन र स्थानीय तहको मिति तय गर्नेबारेमा छलफल हुने बताइएको छ ।

आयोगले यस अघि नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १४ वैशाख र २२ वैशाखमा स्थानीय चुनाव गर्न प्रस्ताव गरिसकेको छ ।