६ बैशाख २०८१, बिहीबार 1713493558
समाज

दुबईबाट भारत फर्किएका एक व्यक्तिले ९ जनालाई सारे कोरोना भाइरस

कोरोना भाइरस नियन्त्रणका लागि भारतमा २१ दिन लकडाउनको घोषणा भएको छ । कोरोनाबाट भारतमा ३० जनाको मृत्यु भएको छ भने ११ सय संक्रमित भएका छन्।

यसै क्रममा दुबईबाट फर्किएका एक व्यक्ति (बिल्डर) ले ९ जनालाई कोरोनाको संक्रमण सारेका छन्। भारतको गुजरातस्थित गान्धिनगरका एक व्यक्तिले ९ जनालाई कोरोनाको संक्रमण सारेको त्यहाँका अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

गान्धिनगरका ती बिल्डर केही समय अघि दुबईबाट घर फर्किएका थिए। सरकारले पटक पटक क्यारेन्टाइनमा बस्न भनेपनि उनले अटेर गरे। जसको परिणाम उनका परिवारका ५ सदस्य र आफन्त पनि संक्रमित हुनु पर्यो।

उनीसँगै, उनकी पत्नी, आमा, हजुर बुवा र हजुरआमा संक्रमित भएका छन्। उनको सम्पर्कमा आएका केही आफन्त पनि कोरोना भाइरसबाट संक्रमित भएको समाचारमा उल्लेख छ।