२०७९ मंसिर १६ शुक्रबार 1669985445
Banner

अध्यक्ष ओलीले भोलि झापाका तीन ठाउँमा सम्बोधन गर्ने

बिर्तामोड – नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बिहीवार गृह जिल्ला झापा आउदै हुनुहुन्छ । चुनावी अभियान अन्तर्गत अध्यक्ष ओली झापा आउने तय भएको हो ।

नेकपा एमाले झापाका अनुसार बिहीवार तीन स्थानमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भद्रपुरमा ११ बजे, मेचीनगरमा १ बजे र बिर्तामोडमा ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जिल्ला सचिव शिव ढुङ्गेलले जानकारी दिनु भयो । उहाँले स्थानीय तह निर्वाचनको संघारमा कार्यकर्ता भेटघाटको कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।